मधेस प्रदेश समाचार समाज

डाक्नेश्वरी नगरपालिकाका १ का वडाअध्यक्ष चौधरीको  हृदयघातबाट निधन

राजविराज , ४ कार्तिक । सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ का वडाध्यक्ष पृतमलाल चौधरीको आज आइतबार हृदयघातबाट भएर निधन भएको छ ।
डाक्नेश्वरी नगरपालिकाका मेयर रामलखन मलाहले वडाध्यक्ष चौधरीको निधन भएको जानकारी दिनुभयो । गत स्थानीय तह निर्वाचनमा कांग्रेसबाट वडाध्यक्ष पदमा निर्वाचित ६० वर्षीय चौधरीको मृत्युपछि डाकनेश्वरी नगरपालिकाले आइतबार नगरपालिका र मातहतका निकायमा शोक बिदा दिएको छ।
यसअघि डाकनेश्वरी नगरपालिका–४ का वडाध्यक्ष हरिप्रसाद रायको गत वर्ष मृत्यु भएको थियो । 
यस नगरपालिकामा कुल १० वटा वडा रहेका छन्।

   

You cannot copy content of this page