मधेस प्रदेश समाचार समाज

सप्तरीमा गाईघाटबाट आउँदै गरेको बस र मोटरसाइकल ठक्कर खाँदा एकको मृत्यु २६ घाइते 

कञ्चनरूप, ४ कार्तिक । पूर्व- पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कञ्चनरूप नगरपालिका-२ स्थित बरमझियामा आज बिहान बस दुर्घटना हुँदा एक जनाको घटना स्थलमा नै मृत्यु भएको छ । दुर्घटनामा २६ जना घाइते भएका छन्। 
आइतबार बिहान करिब ६:३० बजे पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ४१२६ नम्बरको पारुहाँग बस पल्टिँदा बसमा सवार उदयपुरकी मैया राईको घटना स्थलमा नै मृत्यु भएको हो । 
गाईघाटबाट काँकडभिट्टा जाँदै गरेको बस र विपरीत दिशाबाट आइरहेको स५प१५९३ नम्बरको मोटरसाइकल ठोक्किदा बस पल्टिएर दुर्घटना भएको छ ।
घाइतेमध्ये ८ जनाको अवस्था गम्भीर रहेकोले थप उपचारका लागि विराटनगर पठाइएको छ । घाइते अन्य १८ जनाको उपचार कञ्चनरूप-१२ स्थित घर्मेश्वर अस्पताल धरमपुरमा भइरहेको इलाका प्रहरी कार्यालय कञ्चनरूपले जनाएको छ ।
मोटरसाइकल चालक कञ्चनरुप-२ बरमझियाका करिब २५ बर्षका सुमित पण्डित रहेको स्थानीयले बताए । पण्डित सक्त घाइते भएकोले थप उपचारको लागि बिराटनगर लगिरहेको परिवारिक स्रोतले जनाएको छ । 
घटना स्थलमा ईलाका प्रहरी कञ्चनपुरका प्रहरी र सशस्त्र प्रहरी बरमझियाले घाइतेहरुलाई उद्दार कार्य गरिरहेको जनाइएको छ ।

   

You cannot copy content of this page