कञ्चनरूप, १३ कार्तिक । सप्तरीको कञ्चनरूपमा सर्पदंशबाट एक महिलाको मृत्यु भएको छ ।
कञ्चनरुप नगरपालिका–२ बरमझियाका शंकर साहकी छोरी किरण साहको सर्पदंशबाट मृत्यु भएको हो ।
किरणलाई १० दिनअघि भान्सा कोठामा गोमन सर्पले टोकेको थियो । उनलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो ।
उपचारकै क्रममा मंगलबार उनले मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ ।