कञ्चनरूप, १५ कात्तिक । सप्तरीमा राती ९ बजेसम्म मात्र देउसी-भैलो खेल्न पाउने भएको छ । जिल्ला प्रशासन कार्यालय सप्तरीद्वारा बिहीबार एक सूचना जारी गर्दै उक्त जानकारी गराएको हो ।
जिल्ला प्रशासन कार्यालय सप्तरीले चाडपर्व लक्षित ७ बुँदे सुरक्षा नीति जारी गर्दै विहान ७ बजेदेखि बेलुका ९ बजेसम्म मात्र देउसी-भैलो खेल्न पाइने जनाएको छ ।
सूचनामा जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गरी देउसी, भैलो, नाचगान लगायतका साँस्कृतिक क्रियाकलाप विहान ७ बजेदेखि वेलुकी ९ बजेसम्म खेल्नुपर्ने, कानुन विपरीत जुवा, तास,लङ्गगुरबुर्जा, खेल्ने/खेलाउने, भुइचम्पा, पट्का,आतिवाज जस्ता विपद जोखिम निम्त्याउने तथा बाताबरण प्रदुषण हुने विष्फोटक पदार्थको आयात, ओसारपसार विक्री वितरण तथा प्रयोग गर्ने जस्ता गर्नु नगराउनु निर्देशन जारी गरेको छ ।
मादक पदार्थको सेवन गरी शान्ति सुरक्षा एवम् सर्वसाधारणलाई असर पार्ने गरी सार्वजनिक स्थानमा हो-हल्ला गर्ने एवम् झै-झगडा गर्ने जस्ता गर्नु नराउनु नहुने, भिडभाड तथा हुलहुज्जत जस्ता गतिविधि गरी समाजमा अशान्ति एवम् अशोभनीय क्रियाकलाप नगर्नु/ नगाउन हुने,अखाद्य रंग,मिलाएका मिठाइँ, झिलाङ्गे रोटी जस्ता अवस्था अस्वस्थ र गुणस्तरीयहीन खाद्य बस्तुको विक्रवितरण तथा उपभोग गर्नु नगाराउनु हुने, म्याद गुज्रिएको भाईमसला,पलाष्टिकजन्य फूलमालाको प्रयोग र विक्री वितरण गर्नु नहुने सूचनामा उल्लेख गरिएको छ ।
सूचना विपरीत कार्य गरिएको पाइएमा प्रचलित कानून बमोजिम कारबाही हुने जिल्ला प्रशासन कार्यालय सप्तरीद्वारा जारी सूचनामा चेतावनी समेत दिइएको छ ।