कञ्चनरूप, २१ कार्तिक । सप्तरी प्रहरीले बैंकिङ कसुर मुद्दाका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका–६ का ३६ वर्षीय चन्दन कुमार सिंहलाई प्रहरीले पक्राउ गरेको हो । सिंहलाई बुधबार बिहान घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
सिंहले सोही ठाउँका भगवानलाल यादवसँग घरजग्गा किन्न भन्दै रु ४८ लाख ७५ हजार ऋण लिएका थिए ।
अडचालिस लाख पचहतर हजार उल्लेख गरी चेक काटी भगवानलाल यादवले भुक्तानी पाउने गरी दिएकोमा उक्त चेक सिटिजन बैंक ईन्टरनेशनल शाखा कार्यालय राजविराजमा साट्न जाँदा चेक बाउन्स गरी फिर्ता दिएको भनि जिल्ला प्रहरी कार्यालय सप्तरीमा भगवानलाल यादवले चन्दन कुमार सिंहको विरुद्धमा बैकिङ कसुर मुद्दाको जाहेरी दरखास्त पेश गरेका थिए ।
सोही जाहेरीको आधारमा उनलाई पक्राउ गरी सप्तरी जिल्ला अदालत बाट म्याद थप गराएर अनुसन्धान कार्य गरिरहेको सप्तरी प्रहरीका प्रमुख एसपी ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो ।











