काठमाडौँ । दोलखा केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार साँझ ७ः५६ बजे दोलखाको ओराङ आसपास केन्द्रबिन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प गएको हो ।
यसअघि कात्तिक १० गते राति दोलखाको लामिडाँडा आसपास केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको थियो ।