समाचार

सप्तरी प्रहरीद्वारा विभिन्न ब्राण्डका प्रतिबन्धित पटका नष्ट

कञ्चनरूप, २५ कात्तिक । सप्तरी प्रहरीले चाडपर्वमा बरामद गरेको विभिन्न ब्राण्डका प्रतिबन्धित पटका आइतबार नष्ट गरेको छ । 

बडादशैं,दिपावली र छठ पर्वको समयमा भारतीय बजारबाट लुकाई छिपाई ल्याएको पटका नियन्त्रणमा लिई प्रहरीले नष्ट गरेको हो ।

विभिन्न स्थानमा प्रहरीले चेकजाँचको क्रममा जिल्ला प्रहरी कार्यालय सप्तरी तथा मातहत समेतबाट  खटिएको प्रहरी टोलीले बडादशैं,दिपावली र छठ पर्वको समयमा लुकाई छिपाई ल्याएको पटका  नष्ट गरिएको प्रहरीले जनाएको छ । 

विभिन्न स्थानबाट संकलित प्रतिबन्धित विस्फोटक पदार्थ पटकका जिल्ला प्रहरी कार्यालयमा ल्याई नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

   

You cannot copy content of this page