समाचार

सप्तरी प्रहरीद्वारा विभिन्न मुद्दामा दोषी ठहर भइ फरार रहेका २१ प्रतिवादी पक्राउ

राजविराज, २८ कात्तिक । सप्तरी प्रहरीले विभिन्न मुद्दामा दोषी ठहर भइ फरार रहेका प्रतिवादीहरुलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय तथा मातहतका कार्यालयहरुले मंगलबार २१ जना विभिन्न मुद्दाको प्रतिवादीलाई नियन्त्रणमा लिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीद्वारा बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै चोरी, ज्यान सम्बन्धि र ज्यान मार्ने उधोग, सवारी ज्यान, कुटपिट,गाली वेईज्जती, जालसाजी, जबर्जस्ती करणी, लुटपाट, मुद्दाका २१ जना फरार प्रतिवादी पक्राउ गरीएको जनाएको हो ।
जिल्ला प्रहरी कार्यालयद्वारा जारी प्रेस विज्ञप्ति अनुसार १ बर्ष ५ महिना २७ दिन कैद र ३० हजार जरिवाना तोकिएका चोरी मुद्दाका राजविराज नगरपालिका ६ का महादेवा मुखिया, ज्यान सम्बन्धि र ज्यान मार्ने उधोग मुद्दामा ३ बर्ष कैद र ३० हजार जरिवाना भएका बोदेबर्साईन नगरपालिका ३ का नैनी कुमार मण्डल, सवारी ज्यान मुद्दामा १ बर्ष ३ दिन कैद भएका डाक्नेश्वरी ३ का संजय कुमार राय पक्राउ गरेका छन् ।
यसैगरी कुटपिट मुद्दाका को. मधेपुरा ८ का छोटकु यादव,गजेन्द्र प्रसाद यादव, भोगिलाल यादव, गाली बेइज्जती मुद्दाका पथलगडा ३ का रामदेव साह, लुटपिट मुद्दाका पकरी २ का बलदेव ठाकुर, बोदेबर्साईन ४ का बलराम मण्डल,कुटपिट मुद्दाका महादेवा ४ का दिपेन्द्र मण्डल,विरेन्द्र मण्डल, महेश मण्डल,उमेश मण्डल,दिनेश मण्डल हरिखित मण्डल,बलाराम मण्डल पक्राउ परेका छन् ।
यस्तै कुटपिट मुद्दाका वभनगामाकट्टी ९ का पशुपति मण्डल,डाक्नेश्वरी ८ का रोशन खंग,सियाराम मण्डल, जबर्जस्ती करणी मुद्दाका खडक नगरपालिका ११ का रमेश कुमार साह, जालसाजी मुद्दाका डाक्नेश्वरी ६ का रामचन्द्र यादव र चोरी मुद्दाका खडक नगरपालिका ११ का श्याम कुमार साह रहेका छन् ।
उनीहरुलाई रु १ सयदेखि ५० हजारसम्म जरिवाना तोकिएको छ । ऊनीहरुलाई कैद तथा जरिवाना भुक्तानका लागि बुधबार सप्तरी जिल्ला अदालत राजविराज दाखिला गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक मनिष श्रेष्ठले जानकारी दिनुभयो ।

   

You cannot copy content of this page