सुनसरी, ४ मंसिर । सुनसरीको रामधुनीमा स्कारपियोको ठक्करबाट एक महिला सफारी चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सफारी चालक रामधुनी-५ की ३६ वर्षीया सोनीया कुमारी चौधरी रहेकी छिन् ।
मंगलबार दिउँसो पौने २ बजे रामधुनी-२ शिवचोक स्थित पुर्व पश्चिम लोकमार्गमा UP16EK1989 नम्बरको भारतिय स्कारपियोको ठक्करबाट महिला सफारी चालकको मृत्यु भएको हो ।
पश्चिमबाट पुर्व तर्फ जादै गरेको प्र.१-०२-००४ ह ४३१५ नम्बरको सिटी सफारीलाई सोहि दिशा तर्फ जादै गरेको स्कारपियोले पछाडिबाट ठक्कर दिंदा सफारी चालक सोनीया गम्भिर घाईते भएकी थिइन् । घाइते उनको उपचारको क्रममा ओमसाई अस्पताल झुम्कामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
ठक्कर दिने सवारी र चालक भारत बिहारका ३४ वर्षीय अनिरुद्र सुदीलाई इलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिएको छ ।