समाचार

सप्तरी प्रशासनद्वारा निर्वाचन क्षेत्र डाक्नेश्वरीमा मदिराजन्य पदार्थ विक्री बितरणमा रोक 

कञ्चनरूप, ५ मंसिर । सप्तरी प्रशासनले स्थानीय तह उप निर्वाचनका लागि मदिराजन्य पदार्थको बिक्री वितरण तथा सेवनमा रोक लगाएको छ । 
जिल्ला प्रशासन कार्यालयले बुधबार विज्ञप्ति सार्वजनिक गर्दै सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं. १ र ४ मा स्थानीय तह उप- निर्वाचन हुन गइरहेको हुँदा आज मंसिर ५ गते देखि मतगणना कार्य सम्पन्न नभएसम्म डाक्नेश्वरी नगरपालिका भित्र मदिराजन्य पदार्थ विक्री बितरण तथा सेवन गर्न रोक लगाइएको हो  । 
जिल्ला प्रशासन कार्यालय सप्तरीले यहीँ मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि मदिराजन्य पदार्थको बिक्री वितरण तथा सेवनमा रोक लगाएको प्रमुख जिल्ला अधिकारी भोला दाहालले बताउनुभयो। 
निर्देशन उलंघन भएमा कानून बमोजिम कारबाही गरिनेसमेत प्रमुख जिल्ला अधिकारी दाहालद्वारा हस्तक्षरित सूचनामा उल्लेख छ ।

   

You cannot copy content of this page