समाचार

महिला मानव अधिकार रक्षक सञ्जाल मोरङको अध्यक्षमा तारा घिमिरे

राजविराज, ९ मङ्सिर । महिला मानव अधिकार रक्षक सञ्जाल मोरङको आइतबार सम्पन्न वार्षिक साधारण सभाले तारा घिमिरेको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ ।
घिमिरेको अध्यक्षतामा गठित समितिको उपाध्यक्षमा राधा बस्नेत, सचिवमा तोया लिम्बु, सहसचिवमा बिनिता राई र कोषाध्यक्षमा शारदादेवी राई चयन हुनुभएको निर्वाचन समितिका संयोजक मनोहर पोखरेलले जानकारी दिनुभयो । 
निर्वाचन समितिका संयोजक पोखरेलका अनुसार सदस्यहरुमा गोमा दाहाल, अर्पणा राजवंशी, पुनम कोइराला सापकोटा, भिमकुमारी ढकाल, बिनिताकुमारी सिंह, राधा पासवान, उर्मिला खडका, एलिना खतिवडा र सरिता दाहाल रहनु भएको छ ।
यस अघि सञ्जालका अध्यक्ष इन्दु चौधरीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा सञ्जालकी केन्द्रीय कोषाध्यक्ष मञ्जिता उपाध्याय, इन्सेकका अधिकृत मनोहर पोखरेल, सामुदायिक सेवा केन्द्र तीनपैनीकी अध्यक्ष मीना जोशी, गैसस महासंघका सहसचिव बागमता कट्टेल, पूर्वाञ्चल बाल आश्रमकी ब्युटी श्रेष्ठ, परिवर्तनशील समाजका दुर्गानन्द रायले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
सचिव तोया लिम्बुले सञ्चालन र उपाध्यक्ष इन्दिरा भट्टराईले स्वागत गर्नुभएको उद्घाटन समारोहमा मानव अधिकार क्षेत्रमा क्रियाशील विभिन्न संस्थाका महिला मानव अधिकार रक्षकहरुको सहभागिता रहेको थियो । मोरङको नौ पालिकामा संगठन विस्तार गरेको सञ्जालको जिल्लाभरी तीन सय ५० जना सदस्य रहेका छन् ।
साधारण सभामा अध्यक्ष चौधरीले सांगठिनक प्रतिवेदन र बिनिता राईले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

   

You cannot copy content of this page