कञ्चनरूप, १६ मंसिर । स्थानीय तह उप निर्वाचन अन्तर्गत सप्तरीको डाक्नेश्वरी नगरपालिका १ र ४ मा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ ।
विहान ७ बजे देखि शुरु भएको मतदान बेलुकी ५ बजेसम्म शान्तिपूर्व रुपमा सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी भोला दाहालले बताउनुभयो ।
डाक्नेश्वीको वडा नम्बर–१ को वडा अध्यक्ष पदका लागि भएको उप–निर्वाचनमा ७० दशमलव ५८ प्रतिशतले मत खसेको छ । रिक्त वडा अध्यक्ष पदका लागि बिहान ७ बजेदेखि भइरहेको मतदानमा पुरुष ८ सय ५२, महिला ९ सय ९३ गरी कुल १ हजार ८ सय ४५ जनाले मतदान गरेको जिल्ला निर्वाचनको कार्यालयले जनाएको छ ।
वडामा २ हजार ६ सय २३ जना मतदाता रहेका छन् ।
त्यस्तै डाक्नेश्वीको वडा नम्बर–४ को वडा अध्यक्ष पदका लागि भएको उप–निर्वाचनमा ७४ दशमलव ७३ प्रतिशतले मत खसेको छ ।
वडामा १ हजार ३ सय १९ जना मतदाता रहेकामा पुरुष ८ सय ५२, महिला ९ सय ९३ गरी कुल १ हजार ८ सय ४५ जनाले मतदान गरेका छन् ।
यो दुई वटै वटामा मतदाता संख्याको ७२ दशमलव २४ प्रतिशत मत खसेको मुख्यनिर्वाचन अधिकृतको कार्यालय सप्तरीले जनाएको छ ।
सर्वदलीय बैठक भइरहेकोले सहमति हुनसाथ आइतबार साँझदेखि मतगणना गर्ने तयारी गरिएको प्रजिअ दाहालले जानकारी दिनुभयो ।
यस वडामा नेकपा एमाले ,नेपाली काँग्रेस र जसपा नेपाल मुख्य प्रतिस्पर्धी दल रहेका छन् ।