कञ्चनरुप , १७ मंसिर । घोघनपुर साना किसान कृषि सहकारी संस्था लिमिटेड कञ्चनरूप-६ को आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सोमबार कञ्चनरूप नगरपालिकाका नगर प्रमुख ललन प्रसाद गुप्ताले पानसमा बत्ती बालेर साधारण सभाको उद्घाटन गरेका थिए ।
साधारण सभाको उद्घाटन गर्दै गुप्ताले समाजको परिवर्तन र गरिबी न्यूनीकरण गर्न सहकारीको महत्त्वपूर्ण भुमिका रहने भएकाले सोही अनुसार सहकारीका सदस्यहरुले काम गर्नु पर्ने बताए ।
वडा नम्बर ६ का वडा अध्यक्ष बच्चुलाल चौधरिले सबैको सहकार्यले सहकारी संचालन गरेमा पारदर्शी भइ सहकारी नमुना बन्ने बिश्वास व्यक्त गरे ।
वडा नम्बर ७ का वडा अध्यक्ष शमानन्द चौधरी , वडा नम्बर ६ का पुर्व वडा अध्यक्ष मोहम्मद जिबरिल ,साना किसान कृषि सहकारी संस्था पातोका अध्यक्ष सत्यनारायण प्रसाद यादव , साना किसान कृषि सहकारी संस्था नकटि रायपुरका प्रबन्धक घनश्याम प्रसाद यादव लगायतका बक्ताहरुले सबैको सल्लाह सुझाव लिएर काम गरेमा सहकारी राम्रो हुने बताएका थिए ।
बार्सिक प्रतिबेदन अध्यक्ष रिखीमाया थापा , आर्थिक प्रतिबेदन लेखा संयोजक सुभद्रा चौधरी र आ . ब . २०८०/८१ को प्रतिबेदन ब्यवस्थापक संजिब कुमार सिंहले प्रस्तुत गरेका थिए ।
साधारण सभामा ४ करोड ३३ लाख १९ हजार २ सय २८ रुपियाँको आयब्यय प्रस्तुत गरिएको थियो ।
संस्थाकी अध्यक्ष रिखीमाया थापाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।