काठमाडौँ । दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)की उम्मेदवार उमा लुङ्गेली मगर शेर्पा विजयी भएकी छन् ।
उनले दुई हजार ८ सय पाँच मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उम्मेदवार निम लेकी शेर्पाले २ हजार ६ सय मत प्राप्त गरेकी हुन् ।
यस्तै नेपाली काँग्रेसका उम्मेदवार पासदिकी तामाङले १ हजार ७ सय २७ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका मनकुमारी श्रेष्ठले १ सय १८, राष्ट्रिय स्वतन्त्र पार्टीका गोमा श्रेष्ठले १ सय, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का रविना खड्काले ९० मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।