विराटनगर । मोरङ, सुनसरी र झापा जिल्लाको विभिन्न स्थानहरुबाट सुनका नक्कली गहनाहरु देखाई नगद तथा गरगहनाहरु ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।
कार्तिक २७ गते ५:०० बजेको समयमा जिल्ला संखुवासभा पाचखपन गाउँपालिका ५ खपनटोल बस्ने बर्ष ५६ को कृष्ण बहादुर तामाङको श्रीमतिलाई उपचार गर्नको लागी बिराट जिल्ला मोरङ टिचीङ अस्पताल विराटनगर ल्याएकोमा सोही अस्पतालमा भेटघाट भएका अपरीचित ब्यक्तिले गाँउले दाजु भाईको नाता लगाई सहयोग गर्ने बहानामा पछाडी बोकेको झोला भित्र राखि राखेको नगद रु १,१०,००० /- (एक लाख दश हजार ) चोरी गरेको भन्ने घटनाको अनुसन्धान पछि जिल्ला प्रहरी कार्यालय मोरङ, कोशी प्रदेश प्रहरी कार्यालय प्रादेशिक अनुसन्धान समुह (PIT) र जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट प्रहरी टोली परिचालित भई जिल्ला सुनसरी इटहरी स्थित विभिन्न स्थानबाट सुनका नक्कली विस्कुट, गरगहना तथा सक्कली गरगहना र नेपाली नगद रु. २,७२,४३०/-, भारतिय रुपैया रु. २,६३०/- रकम सहित ६ जना अभियुक्तहरु पक्राउ गरेको छ ।
उक्त घटनाको वारेमा जिल्ला प्रहरी कार्यालय मोरङले प्रेस मिट गरी जानकारी गराएको छ ।