मधेस प्रदेश समाचार

मधेश प्रदेशका गृह मन्त्री राजकुमार लेखीद्वारा राजविराज कारागारको अनुगमन तथा निरीक्षण

कञ्चनरूप, २० मंसिर । मधेश प्रदेशका गृह सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले सप्तरीको राजविराज कारागारको अनुगमन गर्नुभएको छ ।
मन्त्री लेखी नेतृत्वको जिल्लाका उच्च अधिकारीहरुले बिहिवार सप्तरी कारागार, सुरक्षामा खटिएका प्रहरी कर्मचारीहरु बस्ने भवन तथा मेषको अनुगमन तथा निरीक्षण गर्नुभएको हो ।
मन्त्री लेखीले कारागारमा रहेका कैदी बन्दीहरुसँग प्रत्यक्ष भेटघाट गरी अन्तरक्रिया गर्नुभएको थियो । उहाँले कारागारमा रहेका कैदीबन्दीहरूको समस्या र कारागारको जग्गा अतिक्रमण बारे जानकारी लिनुभएको छ ।
टोलीमा प्रमुख जिल्ला अधिकारी भोला दाहाल, जिल्ला प्रहरी कार्यालय सप्तरीका कार्यालय प्रमुख प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडा, राष्ट्रिय अनुसन्धान बिभाग सप्तरीका प्रमुख उप-अनुसन्धान निर्देशक सुरेन्द्र कोईराला, सशस्त्र प्रहरी गण नं. ६ का गोरगामाका सशस्त्र प्रहरी नायव उपरीक्षक बिपन देसार लगायतका जिल्लाका उच्च अधिकारीहरुको सहभागीता रहेको थियो ।

   

You cannot copy content of this page