समाचार

शंकर माविले जित्यो स्व. राजु गौतम दोस्रो विद्यालय स्तरीय टि-२० क्रिकेट प्रतियोगिताको उपाधि

कञ्चनरूप ,२३ मंसिर । शंकर माध्यमिक विद्यालय रुपनगर सप्तरीले स्व. राजु गौतम दोस्रो विद्यालय स्तरीय टि-२० क्रीकेट प्रतियोगिताको उपाधि जित्न सफल भएको छ ।
आइतबार सप्तरीको कञ्चनरुप नगरपालिका-१२ स्थित सुन्दरी खेल मैदानमा सम्पन्न फाइनल खेलमा 
बालबोध स्केन्ड्री स्कुल कञ्चनपुरलाई १ सय ३९ रनले पराजित गर्दै शंकर माध्यमिक विद्यालयले उपाधि जित्न सफल भएको हो । बालबोध स्केन्ड्री स्कुलले उप बिजेतामा चित्त बुझाउनु पर्यो ।
२ सय २० रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको बालबोधले १२ ओभरमा सबै विकेट गुमाउँदै ८१ रन मात्रै बनाउन सक्यो ।
शंकर माध्यमिकले टस जितेर ब्याटिङ रोजेको थियो । जसमा २० ओभरको खेलमा २ सय २० रनको विशाल लक्ष्य खडा गरेको थियो ।
शंकर माध्यमिक विद्यालयका खेलाडी मुकेश कामैतले ३५ बलमा ६२ रन बनाएका थिए । साथै कामैतले बलिङतर्फ ३ ओभरमा १३ रन खर्चेर २ विकेट लिदै म्यान अफ द म्याच  घोषित भएका छन् । शंकरकै निरज साहले ३१ बलमा ५८ रन बनाउदै नट आउट रहेका थिए । 
म्यान अप द शिरिज बालबोध स्कुलका खेलाडी अभिमन्यु सरदार घोषित भएका थिए भने बेस्ट ब्याटस म्यान इन्टर नेशनल स्कुलका रौनक सिंह भएको थिए । यसैगरी सोही स्कुलका बेस्ट बोलर सुरज मण्डल घोषित भएका छन् ।
फेयर प्ले अवार्ड सर्बोदय उच्च माध्यमिक विद्यालयलाई दिइयो भने बेस्ट फिल्डरको अवार्ड चिल्ड्रेन बोर्डिङ स्कुलका एमडी रहमत तुलालाई दिइयो । 
पूरा प्रतियोगितामा सब भन्दा बढी छक्का हान्ने (२२ ) छक्का लगाउने खेलाडी आरडी मेमोरियल स्कुलका मजोज यादब घोषित भएका थिए ।
बिजेता स्कुलका खेलाडीलाई ट्रफी, मेडल, प्रमाणपत्र कञ्चनरुप नगरपालिकाका नगर प्रमुख ललन प्रसाद गुप्ताले प्रदान गरेका थिए भने उपबिजेता स्कुलका खेलाडीलाई प्रतियोगिताको आयोजक रोयल क्लबका अध्यक्ष अभिषेक गौतमले प्रदान गरेका थिए ।
९ दिनसम्म चलेको प्रतियोगितामा १० वटा विद्यालयका टिमहरु सहभागी थिए ।

   

You cannot copy content of this page