कञ्चनरूप, २३ मंसिर । सप्तरीको छुट्टाछुट्टै ठाउँमा झुन्डिएको अवस्थामा दुई जनाको शव फेला परेको छ ।
सप्तरीको अग्नीसाइर कृष्णासवरण गाउँपालिका ५ छ्पकीमा आइतबार स्थानीय ब्रह्मदेव शर्माकी १४ बर्षीय छोरी रितु कुमारी शर्मा झुन्डिएको अवस्थामा मृत फेला परेकी छन् ।
बालिका झुन्डिएको थाहा पाएपछि परिवारजनले प्रहरीलाई खबर गरेका थिए । घटना स्थलमा इलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी निरिक्षक राजाबाबु ठाकुर नेतृत्वको प्रहरी अनुसन्धान टोली खटिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
बालिकाको शव आफ्नै घरको बलोमा नाइलनको डोरीले गलामा पासो लगाएर झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
बालिकाको शव परिक्षणका लागि राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाएको तथा घटना बारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक ठाकुरले जानकारी दिनुभयो ।
त्यस्तै सप्तरीको राजविराज ७ स्थित महेन्द्र क्लबको भवनमा आइतबार झुन्डिएको अवस्थामा एक युवकको शव फेला परेको छ । अन्दाजी ३५/४० बर्षको युवक मृत भेटिएको हो ।
महेन्द्र क्लबको भवनको झ्यालमा झुन्डिएको अवस्था युवक देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटना स्थालमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएका प्रहरी निरीक्षक नेतृत्व टोलीले अनुसन्धान गरिरहेको सप्तरीका प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाले बताउनुभयो ।
मृतक युवकको शव परिक्षणका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज पठाइएको तथा शवको पहिचानका लागि आफन्तजनको खोजी भइरहेको एसपी ढकालले जानकारी दिनुभयो ।