रबि शर्मा /
हनुमाननगर । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–७ मा दुःखनी देवी धर्मशाला भवनको समुद्घाटन समारोह भव्य रूपमा सम्पन्न भएको छ ।
स्वर्गीय दुःखनी देवी साहबाट उपलब्ध गराइएको जग्गामा मधेश प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयबाट नवल किशोर साह सुडीको संसदिय विकास कोषमार्फत निर्माण गरिएको हो ।
उक्त भवनको उद्घाटन संघीय सरकारका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर साह सुडी (रामबाबु)ले गर्नुभएको छ ।
नवनिर्मित धर्मशालामा बासको व्यवस्थासहित विवाह, बैठक, पार्टी तथा अन्य सामाजिक तथा सांस्कृतिक कार्यक्रमहरूका लागि उपयुक्त हुने हिसाबले निर्माण गरिएको छ। धर्मशालाभित्र आवश्यक फर्निचर र सुविधा सम्पन्न कोठाहरू पनि उपलब्ध छन् ।
यस भवनले धार्मिक, सामाजिक, र सांस्कृतिक गतिविधिहरूलाई थप सहज बनाउनुका साथै क्षेत्रीय विकासमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
सुडी समाज सेवा समिति, हनुमाननगर कंकालिनी नगरपालिका–९ को आयोजनामा कार्यक्रम सम्पन्न भएको थियो ।