राजविराज । सप्तकोसी मेगा प्रोजेक्ट सम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको छ ।
मधेश प्रदेश सरकारका गृह,सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीको अध्यक्षता एवं मधेश प्रदेश नीति आयोगका सदस्यहरुको उपस्थितिमा “सप्तकोसी मेगा प्रोजेक्ट सम्बन्धी छलफल कार्यक्रम ” मंगलबार सम्पन्न भएको हो ।
मधेश प्रदेशका गृह मन्त्री लेखीले निरन्तर रुपमा सप्तरीको सप्तकोसी नगरपालिका देखि हनुमाननगर कंकालिनी को कोसि टप्पु बन्यजन्तु आरक्ष सङ्ग जोडिएका क्षेत्र हरुलाई पर्यटकिय करिडोरको रुपमा बिकाश गरिनु पर्ने माग सहित प्रदेश सरकार,प्रदेश सभा र नीति आयोग लाई दवाब दिदै आउनु भएको थियो । त्यसैको फलस्वरुप “सप्तकोसी मेगा प्रोजेक्ट” को बिषयमा मंगलबार मन्त्रालयको सभा कक्षमा बैठक बसि बृहत रुपमा छलफल भएको छ।
“तत्कालको लागि सप्तकोसी नगरपालिकाको क्षेत्रलाई आधार मानी पर्यटकिय पुर्वाधार निर्माणको कार्य संचालन हुने छ । साथै क्रमश कञ्चनरूप नगरपालिका हुँदै कंकालिनी नगरपालिकाको क्षेत्रहरुलाई समेट्दै पर्यटकिय करिडोरको कार्य अघि बढ्ने छ” भनेर सप्तकोसी मेगा प्रोजेक्टको विषयमा गृह,सञ्चार तथा कानुन मन्त्री लेखीले जानकारी गराएका छन् ।
छलफल कार्यक्रममा नीति आयोगका सदस्यहरुले आफ्नो बिचार प्रस्तुत गरेका थिए ।