समाचार

प्रेस सेन्टर सप्तरीको जिल्ला सम्मेलन यहीँ १९ गते हुने 

राजविराज, १२ पुस । प्रेस सेन्टर नेपाल शाखा सप्तरीको सम्मेलन पुस १९ गते हुने भएको छ । जिल्ला अध्यक्ष दिनानाथ यादवको अध्यक्षता तथा केन्द्रिय सल्लाहकार देवराम यादवको प्रमुख आतिथ्यमा राजविराजमा शुक्रबार सम्पन्न बैठकले  उक्त निर्णय गरेको हो ।
बैठकले जिल्ला सम्मेलन यही पुस १९ गते शुक्रवार गर्ने सर्वसहमतीबाट निर्णय गरेको छ । 
केन्द्रिय सर्कुलर अनुसार जिल्ला सम्मेलन २० गते भित्र ,प्रदेश सम्मेलन माघ ५ गते भित्र र केन्द्रिय महाधिवेशन माघ १५ गते भएकोले सोही अनुसार जिल्ला सम्मेलन १९ गते नै गर्ने निर्णय गरिएको बताईएको छ ।
यसैगरी जिल्ला सम्मेलन सम्पन्न गर्न तयारी समिती समेत गठन गरिएको जनाएको छ ।
सेन्टरको जिल्ला सम्मेलनको लागि दिनानाथ यादवको संयोजकत्वमा तयारी समिती गठन गरिएको छ । उक्त समितीको सदस्यहरुमा विन्दु कुमार यादव,कमान्नद माझी,मन्जु कुमारी यादव र जितेन्द्र गुप्ता रहेका छन्. यसैगरी सोही बैठकबाट आर्थिक समिती समेत गठन गरिएको छ । उक्त समितीमा जितेन्द्र गुप्ता संयोजक ,विन्दु कुमार यादव,मंजु कुमारी यादव, कमान्नद माझी सदस्यमा रहेका छन् । 
आयोजित बैठकबाट नेपाल पत्रकार महासंघ शाखा सप्तरीको हालै सम्पन्न निर्वाचनमा सेन्टरको केही सदस्यहरुले अन्तर घात गरेकोलाई प्रदेश र केन्द्रि समितीमा नाम पठाउने सर्व सहमतिबाट निर्णय गरिएको सेन्टरको अध्यक्ष यादवले जानकारी दिए ।

   

You cannot copy content of this page