समाचार

सप्तरीको हनुमाननगर कंकालिनी स्थित एक पसलमा चोरी

रवि शर्मा /
भारदह, १६ पुस । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर ९ स्थित एक पसलमा चोरी भएको छ । रामदेव मण्डलले सञ्चालन गरेको बेकरी पसलमा सोमबार राती चोरी भएको हो । 
सञ्चालक मण्डलका अनुसार पसलबाट नगदसहित विभिन्न सामान गरी करिब ५० हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।
स्थानीय व्यापारीका अनुसार यो महिनाभित्रै वडामा चार वटा पसलमा चोरीको घटना भइसकेको छ । बारम्बार चोरीका घटना दोहोरिनु र सुरक्षा निकायको फितलो उपस्थिति रहेको भन्दै व्यापारीहरूले असुरक्षाको अनुभुती गरेका छन्।
चोरीको घटनाले व्यवसाय सञ्चालनमा थप चुनौती उत्पन्न गराएको बताउँदै व्यापारीहरूले सुरक्षा निकायलाई चाँडोभन्दा चाँडो सक्रिय हुन र घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् ।
सुरक्षा निकायका प्रतिनिधिहरूले घटनाबारे अनुसन्धान भइरहेको र चोरीको क्रम रोक्न थप कदम चालिने बताएका छन् । यद्यपि, स्थानीय व्यापारीहरूले शीघ्र प्रभावकारी कदम चाल्न आग्रह गरिरहेका छन्।
हनुमाननगरमा चोरीका घटना दिनप्रतिदिन बढ्दै गइरहेकाले सुरक्षा व्यवस्थामा सुधार आवश्यक देखिएको छ ।

   

You cannot copy content of this page