काठमाडौं । काठमाडौंमा केहीबेर अघि भूकम्पको धक्का महसुस भएको छ ।
आज दिउँसो १ बजेर ३ मिनेटमा भूकम्पको कम्पन महसुुस भएको हो ।
भू एन्ड्रोइड अर्थक्वेक अलर्ट सिस्टमका अनुसार धादिङको ज्यामिरेबाट दुई किलोमिटर परको भूभागलाई केन्द्रबिन्दु बनाउने ४.६ म्याग्निच्युडको भूकम्पको धक्का महसुस भएको हो ।
भूकम्पको तीव्रता कति थियो भन्ने स्पष्ट भइसकेको छैन । धक्का भने सामान्य अवस्थामै स्पष्ट महसुस गर्न सकिने खालको थियो ।