काठमाडौं । पछिल्लो समय भूकम्प जाने क्रम बढ्दै गएको छ । शुक्रबार बिहान मुगु केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसुस भएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शुक्रबार बिहान स्थानीय लुमा केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको हो ।
यसअघि बिहीबार सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको थियो ।