कञ्चनरूप, १९ पुस । तीन दिनदेखि लगातार चिसो सिरेटो चलेर चारैतिर बाक्लो हुस्सुले डम्म ढाकेपछि सप्तरी सहित तराई मधेसका जिल्लामा जनजीवन प्रभावित भएको छ । बिहानैदेखि बाक्लो हुस्सु लाग्नुका साथै सितलहर सुरु भएसँगै चिसो बढेको हो ।
शीतलहर सँगै बढेको चिसोले मधेस प्रदेशका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्साको जनजीवन प्रभावित भएको छ ।
चिसो र सितलहरले सप्तरीको जनजीवन कष्टकर बनेको छ । चिसोको कारण सप्तरीका विभिन्न पालिकाहरुको जनजीवन कष्टकर बनेको छ । सप्तरीको कञ्चनपुर, फत्तेपुर , राजविराज , भारदह, महुली र रुपनी बजारहरुमा चहलपहल घटेको छ । अत्यधिक जाडोले सवारीसाधनमा यात्रुको चाप समेत घटेको छ ।
चिसोबाट बच्चा, वृद्ध र विपन्न परिवारहरु बढी प्रभावित हुनेगरेको छ । अत्यधिक चिसोको कारण मानिसहरुलाई घर बाहिर निस्कन समेत मुस्किल परेको छ ।
विद्यालय, क्याम्पसमा विद्यार्थीको उपस्थिति घटेको छ । न्यानो कपडा बिक्रीबाहेक अन्य व्यापार व्यवसायमा मन्दी आउन थालेको कञ्चनरूप-८ का व्यापारी जीवन साह बताउनुहुन्छ ।
ग्रामिण भेगमा खास गरी चिसो छल्न घुर (आगो) बालेर तापिरहेका छन् ।
जाडोको कारण तराई मधेशमा बर्षेनी विपन्न परिवारका व्यक्तिहरूको मृत्यु हुँदै आएको छ । चिसो बढ्दै जाँदा बालबालिका, वृद्धवृद्धा र शारीरिक अवस्था कमजोर रहेका व्यक्तिहरूले स्वास्थ्यमा ख्याल गर्न स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् ।
अहिलेसम्म सप्तरीको कुनै पनि स्थानीय तहले