राजविराज, २१ पुस । जिल्ला प्रहरी कार्यालय सप्तरीले ३ जना फरार प्रतिवादी पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी टोेलीले अदालतबाट विभिन्न मुद्दामा पैmसला भई कैद तथा जरिवाना भुक्तान बाँकी रहेका ३ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
किर्ते जालसाजी, जालसाजी कुटपिट ,लुटपिट र लेनदेन मुद्दाका ३ जना फरार प्रतिवादी पक्राउ गरीएको जनाएको हो ।
पक्राउ पर्नेमा ६ महिना कैद तोकिएका लेनदेन मुद्दाका शम्भुनाथ नगरपालिका १ का महेन्द्र सदा, कुटपिटमा रु १२ र लुटपिट मुद्दामा ५ रुपैयाँ जरिमाना तोकिएका तिरहुत गाउँपालिका ४ का सुरेन्द्र प्रसाद यादव, सोही ठाउँका जालसाजी तथा जालसाजी किर्ते मुद्दामा छुट्टाछुट्टै गरी रु ३० जरिवाना तोकिएका संयुक्ता देवी देव पक्राउ परेका छन् ।
उनीहरुलाई ५ रुपैयाँदेखि हजार देखि रु १२ जरिवाना तोकिएको छ । उनीहरुलाई कैद तथा जरिवाना भुक्तानका लागि आइतबार सप्तरी जिल्ला अदालत राजविराज दाखिला गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिनुभयो ।
अपराध घट्नाको अनुसन्धान तथा अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा फरार भई लुकिछिपी वसेकाहरु उपर सुराकी र निगरानी बढाएसंगै उनीहरलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक बस्नेतले बताउनुभयो ।