राजविराज, २२ पुस । सप्तरी प्रहरीले स्रोत नखुलेको १४ लाख रुपैयाँसहित २ जनालाई आज सोमबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्लाको राजविराज नगरपालिका –७ का ३५ वर्षीय महेन्दर साह र छिन्नमस्ता गाउँपालिका –३ का ४० वर्षीय रविन्द्रकुमार यादव रहेको सप्तरी प्रहरीले जनाएको छ ।
विशेष सूचनाका आधारमा साहको घरमा खानतलासी गर्दा २ वटा कालो प्लाष्टिकमा पोको पारी बन्डल बनाएर राखेको १ हजार दरका ३ सय १६ थान, ५ सय दरका २ हजार १६८ थान र १ सय दरका ७ थान गरी जम्मा १४ लाख ७ सय रुपैयाँ बरामद भएको सप्तरी प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिनुभयो ।
घटनमा सलंग्न रहेको पाईएपछि यादवलाई पनि पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक बस्नेतले बताउनुभयो ।
उनीहरु विरुद्ध बैंक तथा वितीय संस्था सम्बन्धी ऐन २०७३ अन्तर्गतको कसूरमा सप्तरी जिल्ला अदालत बाट म्याद थप गराई अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।