राजनीति समाचार

राष्ट्रिय युवा संघ नेपाल अन्तरजिल्ला कमिटी सप्तरीको अध्यक्षमा शेखरकुमार वाग्ले

राजविराज, २३ पुस । राष्ट्रिय युवा संघ नेपाल अन्तर जिल्ला कमिटी सप्तरीको प्रथम अधिवेशनबाट शेखर कुमार वाग्ले अध्यक्षमा निर्वाचित भएका छन् । 
सोमबार काठमाडौमा सम्पन्न अधिवेशनबाट वाग्नेको अध्यक्षतामा १३ जना कार्यसमिति चयन भएको हो ।कमिटीको उपाध्यक्षमा सुमेश चौधरी, सचिवमा रंजित चौधरी, उपसचिवमा पुजा चौधरी, कोषाध्यक्षमा प्रभुनारायण चौधरी निर्वाचित भएका छन् । 
यस्तै सदस्यहरुमा अमन दाहाल,प्रदुमन चौधरी, विमला मल्ल, जिवस चौधरी, सुनिल चौधरी, दिवस लेखी,सरोज चौधरी र असानन्द चौधरी निर्वाचित भएका छन् ।

मधेश प्रदेश सरकारका गृह सञ्चार तथा कानुन मन्त्री राज कुमार लेखिले मधेश प्रदेशको ६ वर्षमा नबनेको शिक्षा नीति हामी सरकारमा आएको बेला हाम्रो सक्रियतामा २ महिनामै कमिटी गठन गरी एक दर्जन पटक बैठक सम्पन्न भई सकेको बताए । त्यस्तै मधेश प्रदेशका पत्रकारलाई स्वास्थ्य बीमा, विपदमा मृत्युहुने परिवारलाई १ लाख आर्थिक सहयोग, शहीद परिवारलाई सिपमुलक तालिम, ७ वटै प्रदेशका संयुक्त सुरक्षा गोष्ठी सम्पन्न, प्रदेश सञ्चार ऐनका कमिटी गठन गरेको जानकारी दिँदै अधिबेशनमा नव नेतृत्वमा आउने सम्पूर्णलाई शुभकामना तथा बधाई दिए ।
नेकपा एमालेका पोलिटब्युरो सदस्य सुमन राज प्याकुरेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको विशेष अतिथिमा एमालेका केन्द्रीय सदस्य राजकुमार लेखी, राष्ट्रिय युवा संघ नेपाल विशेष प्रदेश कमिटीका अध्यक्ष सुजन घिमिरेलगायतको उपस्थिति रहेको थियो ।

   

You cannot copy content of this page