राजविराज । वैदेशिक रोजगारीमा पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा सप्तरीका युवकसहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सप्तरीको विष्णुपुर गाउँपालिका–७ का ३१ वर्षीय कृष्ण यदुवंशी र गोरखाका ३७ वर्षीय राजेश बराम रहेको प्रहरीले जनाएको छ ।
अभियुक्त कृष्ण पोल्याण्ड पठाइदिन्छु भन्दै विभिन्न पीडितबाट ७२ लाख ४८ हजार एक सय ५० र राजेश आठ लाख ९० हजार लिएर सम्पर्कविहीन भएका थिए।
पीडितको उजुरीपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले कृष्णलाई काठमाडौं महानगरपालिका–३१ बाट र राजेशलाई काठमाडौँ टेकुबाट पक्राउ गरेको हो ।
उनीहरूलाई कारबाहीका लागि जिल्ला प्रहरी परिसर पठाइएको छ ।