समाचार

बलिदानी दिवसको अवसरमा एक लाख बढी दिप प्रज्वलन  

राजविराज, ५ माघ । मधेस प्रदेश सरकारले बलिदानी दिवसको अवसर पारेर शनिबार शहीदहरुको सम्मानमा  जानकी मन्दिर प्राङ्गणमा १ लाख भन्दा बढी दीप प्रज्वलन गरेको छ । मधेसका गृह संचार तथा कानून मन्त्री राजकुमार लेखीको अगुवाईमा दीप प्रज्वलन गरिएको हो ।
शहीदहरुको बलिदानीकै बलमा नेपाली नागरिकले संघिय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था पाएको र त्यसको उपभोग गरिरहेकाले शहीदहरुको सम्मानमा दीप प्रज्वलन गरिएको मन्त्री लेखीले बताउनुभयो ।
मन्त्री लेखीका अनुसार जनकपुरधामको जानकी मन्दिर प्राङ्गणमा शहीदहरुको सम्मानमा १ लाख बढी दीप बालिएको छ । 
प्रदेश सरकारले बलिदानी दिवसकै अवसर पारेर आइतबार मधेस भवन परिसर भित्र बृक्षारोपण कार्यक्रम समेत राखेको छ । 
दीप प्रज्वलन कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरु, प्रदेशसभा सदस्यहरु, विभिन्न मन्त्रालयका कर्मचारीहरुको सहभागिता रहेको थियो ।
मधेस सरकारले बलिदानी दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाएको छ ।

   

You cannot copy content of this page