कोशी प्रदेश समाचार समाज

बिराटनगरबाट लागूऔषध सहित २ जना पक्राउ

बिराटनगर, ६ माघ । बिराटनगर महानगरपालिका-१५ स्थितबाट लागूऔषध सहित २ जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पथरी शनिश्चरे-३ का २२ वर्षीय निकेश शिवा र १९ वर्षिय भिम दर्जी रहेका छन् ।
सुचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले शनिबार उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरूको साथबाट एभिल-७ एम्पुल, लुपिजेसिक-५ एम्पुल, डाइजोपाम-५ एम्पुल र फेनारागन-५ एम्पुल लागूऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
लागुऔषध सहित पक्राउ परेका दुबै जनाको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको जनाइएको छ ।

   

You cannot copy content of this page