राजविराज । प्रेस चौतारी नेपाल सुनसरीको आठौँ जिल्ला अधिवेशनले विकास चाम्लिङको अध्यक्षतामा सर्वसम्मत रूपमा १७ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ । जसको उपाध्यक्षमा विकल पौडेल र महिला उपाध्यक्षमा सीमा बस्नेत निर्वाचित हुनुभएको छ । सचिवमा सुदिप पोख्रेल सर्वसम्मत निर्वाचित हुँदा सहसचिवमा लक्ष्मण कटवाल र सञ्जु राई निर्वाचित हुनुभएको छ । कोषाध्यक्षमा रोशन दाहाल चुनिनु भएको छ ।
सदस्यहरूमा सचिन राई, जीवन विष्ट, मित्र क्षेत्री, निर्मला पौडेल, विकी श्रेष्ठ, मौसमी कार्की, सनम तामाङ, राजन घिमिरे, आदेश गौतम, रूद्रराज शर्मा जमकटेल र रूपक पराजुली निर्वाचित हुनुभएको छ ।
त्यस्तै केन्द्रीय प्रतिनिधिमा सुभद्रा प्याकुरेल, शशी कोइराला, भोजराज श्रेष्ठ, कृष्ण बहाव, हिमाल दाहाल, प्रेम बास्तोला र केशव भट्टराई निर्वाचित हुनुभएको छ । प्रदेश प्रतिनिधिमा रेवती निरौला, भोला श्रेष्ठ, शैलेन्द्र चौधरी, सिसिर भट्टराई, बाबुराम खड्का, रूपमा रिजाल र यशोदा सेने निर्वाचित हुनुभएको छ ।
अधिवेशनमा नेकपा एमाले जनसंगठन समन्वयन संयन्त्रका संयोजक भानुभक्त ढकाल, कोशी प्रदेश इंचार्ज तथा संस्थापक मुख्यमन्त्री शेरधन राई, प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीको विशेष आतिथ्यता रह्यो।
साथै नेकपा एमालेका नेता, प्रेस चौतारीका नेता गण साथै प्रेसजन्य सङ्गठनका जिल्लाका प्रमुख, नेपाल पत्रकार महासङ्घका नेतृत्वको आतिथ्यता रहेको थियो ।