समाचार

प्रेस चौतारी नेपाल धादिङको अध्यक्षमा अर्जुन कुमार श्रेष्ठ सर्वसम्मत चयन

राजविराज, १९ माघ । प्रेस चौतारी नेपाल धादिङको एघारौं जिल्ला अधिवेशनले अर्जुन कुमार श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत रूपमा ११ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ । जसको उपाध्यक्षमा रेख बहादुर गुरुङ र महिला उपाध्यक्षमा सुशीला अर्याल निर्वाचित हुनुभएको छ । सचिवमा अनिल कुमार नेपाली सर्वसम्मत निर्वाचित हुँदा सहसचिवमा बिरमान तामाङ र बिनोद तमु निर्वाचित हुनुभएको छ । कोषाध्यक्षमा उपेन्द्र अधिकारी चुनिनु भएको छ । सदस्यहरूमा सुदिप अधिकारी, रिता कुमारी सारु , अशोक श्रेष्ठ, शर्मिला शाक्य निर्वाचित हुनुभएको छ । त्यस्तै केन्द्रीय प्रतिनिधिमा केशव अधिकारी,तारा रिजाल,श्री हजुर सिल्वाल र नानु कार्की निर्वाचित हुनुभएको छ । प्रदेश प्रतिनिधिमा लक्ष्मी भुजेल, रिता कुमारी सारु, सुदिप अधिकारी र बिरमान तामाङ निर्वाचित हुनुभएको छ ।

   

You cannot copy content of this page