कञ्चनरूप, २३ माघ । सप्तरीमा घाँस लिन जङ्गल गएका एक जना पुरुषको रुखबाट लडेर आज दिउँसो मृत्यु भएको छ । सप्तरीको सप्तकोशी नगरपालिका ४ तुलसी चौकका ५५ वर्षीय दिर्घदल वस्नेतको लडेर मृत्यु भएको हो।
विहानै घाँस काट्न जङ्गल गएका वस्नेत घर फर्किएर नआएपछि खोजतलासका क्रममा स्थानीय वलार्दह सामुदायिक वन क्षेत्रमा घाईते अवस्थामा उनी फेला परेका थिए ।
रुखबाट लडेर अन्तिम अवस्थामा फेला परेका वस्नेतलाई दिउँसो करिव १ बजे उपचारका लागि विराटनगर लैजाने क्रममा वाटैमा मृत्यु भएको स्थानीय शिव आचार्यले जानकारी दिनुभयो ।