कञ्चनरूप, २३ माघ । सप्तरी प्रहरीले आफ्नै दाजुको हत्या गरि २० वर्षदेखि फरार रहेका ५५ वर्षीय पुरुषलाई पक्राउ गरेको छ ।
सप्तरीको महादेवा गाउँपालिका २ का दाजु गणेशी रजकको हत्या गरी फरार रहेका उमेश रजक २० वर्षपछी पक्राउ परेका जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । मंगलबार पक्राउ गरेको उमेशलाई आज बुधबार जिल्ला प्रहरी कार्यालय सप्तरीले सार्वजनिक गरेको हो ।
२०६१ सालमा दाजुभाइ वीच कुटपिट झै-झगडा हुँदा दाजु गणेशीको उपचारकाको क्रममा मृत्यु भएपछि ऊनी विरुद्ध कर्तव्य ज्यान मुद्दा दायर गरिएको थियो ।
ज्यान मुद्दा वारदात पछि फरार उमेशलाई सप्तरी जिल्ला अदालतबाट पक्राउ पुर्जी लिइ नियन्त्रणमा लिएको सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिनुभयो ।
अदालतबाट ७ दिनको म्याद लिई उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी थप अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक बस्नेतले बताउनुभयो ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)