कञ्चनरूप, २४ माघ । सप्तरी प्रहरीले २ किलो लागू औषध गाँजा र दुई वटा मोटरसाइकलसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको महादेवा गाउँपालिका १ बस्ने २२ वर्षीय निराजन यादव र सोही ठाउँका ४३ वर्षीय विन्दु यादव रहेको सप्तरी प्रहरीले जनाएको छ ।
मंगलबार प्रहरी चौकी फत्तेपुरबाट प्रहरी नायव निरीक्षक पानालाल प्रसाद चौधरीको कमाण्डमा खटिएको गस्ती टोलिले बतिगामाबाट कंचनपुरतर्फ जादै गरेको दुईवटा मोटरसाइकलहरुलाई रोकि चेक जाँच गर्दा म.प्र.०१-००४ प ३७३८ नं. को मोटरसाइकल चालक निराजनको साथबाट सेतो बोरामा २ वटा गाँजाको पोका अन्दाजी २ के.जी. गाँजा बरामद गरेको हो ।
सोही ओसारपसारमा संलग्न रहेको आशंकामा म.प्र.२-०१-००३ प १८५ नं. को मोटरसाइकल चालक बिन्दु यादवलाई समेत नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
पक्राउ परेका दुवै जनाको सम्बन्धमा आवश्यक कानुनी प्रकृया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।