कोशी प्रदेश समाचार समाज

भोजपुरबाट लागूऔषध सहित ३ जना युवक पक्राउ

भोजपुर । भोजपुरबाट लागुऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा टेम्केमैयुङ गाउँपालिका-२ का २२ वर्षीय कन्चन बस्नेत, भोजपुर नगरपालिका-९ का अनिल राई र उनको दाजु रमेश राई  रहेका छन् । उनीहरूलाई भोजपुर नगरपालिका-९ स्थितबाट लागुऔषध सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । आइतबार जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरी टोलीले बस्नेतलाई ट्रामाडोल र स्पास्पेन गरी जम्मा २० चक्की लागुऔषध सहित र अनिल र उनको दाजु रमेशलाई उनीहरुको घर कोठा खानतलासी गर्दा सुत्ने कोठाबाट ट्रामाडोल २ हजार ५० चक्की, स्पासपेन २ हजार ७० चक्की, १२० ग्राम गाँजा र नगद ९७ हजार १० रुपैँया बरामद गरेको हो । 
पक्राउ परेका तीनै जनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

   

You cannot copy content of this page