कञ्चनरूप , ३० माघ । सप्तरीको कञ्चनरूप नगरपालिका वडा नम्बर १२ रुपनगरले दुई जना सञ्चारकर्मीलाई सम्मान गरेको छ । बुधबार एक कार्यक्रमको आयोजना गरि नेपाल पत्रकार महासंघ सप्तरी शाखामा निर्वाचित भएका समाबेशि सह सचिब डम्बर राई र खुल्ला सदस्य उत्तम आचार्यलाई सम्मान गरेको हो ।
उहाँहरुलाई वडा अध्यक्ष देवीबहादुर खत्री र वडा सदस्य जैनुद्दिन मियाँले गम्छा ओढाएर सम्मान पत्र प्रदान गरि सम्मान गरेको हो ।
सोहि अवसरमा १० जना ज्येष्ठ नागरिक र ५ जना अपांगलाई समेत सम्मान गरिएको छ ।
सम्मानित हुने ज्येष्ठ नागरिकहरुमा कृष्ण प्रसाद नेपाल , गौरिमाया मगर ,दु:ख लक्ष्मि श्रेष्ठ , सुर्यबहादुर बिस्ट , बि बि हवनि ,ढककुमारि बस्नेत , दिलकुमारि श्रेष्ठ , मानकुमारि श्रेष्ठ ,बिस्णुकुमारि श्रेष्ठ र्दुर्गा देवी पोखरेल रहेका छन् । त्यसैगरी अपाङहरुमा ललितराज रेग्मि , मानताज अलि मियाँ , फतुलाल नेपाल ,ईश्वर बस्नेत र आरमन योगि रहेका छन् ।
उनीहरुलाई गम्छा ओढाएर सम्मान गर्दै जनहि फाइबर सिरक १ थान , झुल १ थान , छाता १ थान र पानी तताउने भाडो १ थान र नगद ५ सय दिइ सम्मान गरिएको थियो ।
सम्मान कार्यक्रममा बोल्दै वडा अध्यक्ष खत्रीले सञ्चारकर्मी, ज्येष्ठ नागरिक र अपांग भएका ब्यक्तित्वहरुलाइ सम्मान गर्न पाउदा आफुलाई साह्रै गर्व महसुस भएको बताउनुभयो ।
नेपाल पत्रकार महासंघ सप्तरी शाखाका सदस्य उत्तम आचार्यले अहिले आफ्ना आमाबुवाहरुलाई छोराछोरीहरुले बृद्दा आश्रममा राख्ने गरि रहेको अवस्थामा १२ नम्बर वडा कार्यालय रुपनगरले ज्येष्ठ नागरिक , अपांग र संचारकर्मिहरुलाई सम्मान गरेर धेरै राम्रो कार्य गरेको भन्दै धन्यवाद दिनुभयो ।
फत्तेपुर बहुउद्देश्यीय सहकारी संस्था लि फत्तेपुरका अध्यक्ष पारस दाहालले गर्वमा रहेको बच्चादेखि घाटसम्म पुर्याउने जिम्मा राज्यको रहेको हुदा १२ नम्बर वडा कार्यालय रुपनगरले सञ्चारकर्मी , ज्येष्ठ नागरिक र अपांग भएका ब्यक्तिहरुलाइ सम्मान गरेर धेरै राम्रो उदाहरणिय काम गरेको बताउनुभयो ।
सो कार्यक्रममा कार्यपालिका सदस्य सिता पौडेल , वडा सदस्य जालपा बिक लगायतका ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
वडा सचिब द्वारिका निरौलाद्वारा संचालित कार्यक्रममा स्वागत मन्तव्य वडा सदस्य जैनुद्दिन मियाँले गर्नुभएको थियो ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2025/02/IMG_20250212_175825-1024x568.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2025/02/IMG_20250212_175825-1024x568.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2025/02/Messenger_creation_77845975-3ED7-4055-8ACA-85C130D99C41-1024x473.jpeg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2025/02/Messenger_creation_77845975-3ED7-4055-8ACA-85C130D99C41-1024x473.jpeg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2025/02/IMG_20250212_175906-1024x529.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2025/02/IMG_20250212_175906-1024x529.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)