काठमाडौं । आगो ताप्ने क्रममा जलेर वृद्धको मृत्यु भएको छ । गुल्मीको धुर्कोट गाउँपालिका- ७ वाग्लाका ८० वर्षीय इन्द्रलाल गिरीको आगोमा जलेर मृत्यु भएको गुल्मी प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार मंगलबार राति ९ः३० बजेतिर घरमा आगो ताप्ने क्रममा जलेर गिरीको मृत्यु भएको हो ।
अविवाहित गिरी भाइसँग बस्दै आएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको जनाइएको छ ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)