राजविराज, ३ फागुन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) सप्तरीको पाँचौ जिल्ला अधिवेशन शनिबार सम्पन्न भएको छ ।
अधिवेशनले कृष्ण कुमार मण्डल धानुकको अध्यक्षतामा १३ सदस्यीय नयाँ जिल्ला समिति गठन गरेको छ ।
गठित समितिको उपाध्यक्षमा रामप्रसाद चौधरी थारु, सचिवमा रामनाथ चौधरी थारु, सह-सचिवमा कमल प्रसाद मण्डल धानुक चयन हुनुभएको छ । त्यस्तै कोषाध्यक्षमा जयन्ती सिंह दनुवार चयन हुनुभएको छ ।
यसैगरी समितिको सदस्यहरुमा भद्र कुमारी लामा तामाङ, चन्द्र बहादुर तामाङ, पूर्ण मगर, करुणा राई, रामसेवक मण्डल धानुक, मिलन लेखी थारु, दिपक सिंह दनुवार र सरोज राना मगर रहेका छन् ।
अधिवेशनले प्रिया सिंह थारु, बृजमान तामाङ र जितेन्द्र कुमार चौधरीलाई प्रदेश प्रतिनिधि चयन गरेको छ भने केन्द्रीय प्रतिनिधिमा डम्बर राईलाई चयन गरेको छ ।
अधिवेशन नेपाल आदिवासी जनजाति पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष जितेन्द्र प्रसाद चौधरी थारुको अध्यक्षता तथा अग्नीसाइर कृष्णासवरण गाउँपालिकाकी उपाध्यक्ष कल्पना कुमारी चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।



