कञ्चनरूप , ४ फागुन । सप्तरीको कञ्चनरूप नगरपालिका १२ स्थित रूपनगरमा जारी प्रथम वडा कप फुटबल प्रतियोगिताको उपाधि एफ सि रिभर साइडले हात पारेको छ ।
आइतबार भएको फाइनल खेलमा एफ सि रिभर साइडले कञ्चनरूप रोयल युवा क्लबलाई ३-१ गोलले पराजित गर्दै उपाधि हात पारेको हो ।
शनिबार बाट शुरु भएको फुटबल खेलमा ४ वटा टिमले भाग लिएका थिए ।
निर्धारित ६० मिनेटको खेल कञ्चनरूप रोयल युवा क्लबका खेलाडीहरुले खेल शुरु भएको ३ मिनेटमा जर्सि नम्बर ५७ का सादिर अलिले खेलमा १ गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । खेल शुरु भएको १०मिनेटमा एफ सि रिभर साइडका जर्सि नम्बर ११ का राहुल बिकले १ गोल गरि खेललाई बराबरी बनाए ।
२३ औं मिनेटमा एफ सि रिभर साइडका जर्सि नम्बर ६ का शिवराज राईले १ गोल गरि खेललाई २-१ ले अग्रता दिलाएका थिए ।
धेरै प्रतिस्पर्धात्मक भएको खेलमा दोस्रो हाफको २५ औं मिनेटमा एफ सि रिभर साइडका जर्सि नम्बर ११ का राहुल बिकले १ गोल गरि आफ्नो टिमलाई ३-१ गोलले विजयी गराए । म्यान अफ दि म्याच विजयी टिमका भिम थापा भएका थिए ।
आयोजक १२ नम्बर वडाका वडा अध्यक्ष देवीबहादुर खत्रीको अध्यक्षतामा फाइनल खेल सम्पन्न भएको थियो ।
प्रथम हुने टिमलाई मेडल , शिल्ड र नगद रु ५ हजार , प्रमाणपत्र र दोश्रो हुने टिमलाई मेडल ,शिल्ड ,नगद रु ३ हजार र प्रमाणपत्र वडा अध्यक्ष खत्रीले प्रदान गरेका थिए ।
प्रतियोगितामा भाग लिएका सबै खेलाडीहरुलाइ जर्सि र बिजेता र उप बिजेता हुने खेलाडीहरुलाइ बुट समेत वडा कार्यालयले दिएको वडा सदस्य जैनुद्दिन मियाँले बताए ।





