कञ्चनरूप । सप्तरीको कञ्चनरूप नगरपालिका वडा नम्बर १२, रूपनगरमा प्रथम वडा कप फुटबल प्रतियोगिता शुरु भएको छ ।
शनिबारबाट शुरु भएको फुटबल खेलमा ४ वटा टिमले भाग लिएका छन् । शनिबार दुई खेल खेलाइएको थियो ।
निर्धारित ६० मिनेटको खेल कञ्चनरूप रोयल युवा क्ल्ब र पञ्चकन्या युवा क्ल्ब बिच भएको थियो जसमा कञ्चनरूप युवा क्लब ४ – १ गोलको अन्तरले बिजयि भइ फाइनलमा गयो । कञ्चनरूप रोयल युवा क्लबका खेलाडीहरुले खेल शुरु भएको १५ मिनेटमा जर्सि नम्बर ६० का अफ्ताव अलिले खेलको गोल गर्दै टिमलाई अगाडि बढाए ।
खेलको दोश्रो हापको २० औं मिनेटमा विजेता टिमका जर्सी नम्बर ५७ का सदिर अलिले दोश्रो गोल गरे ।
यसैगरी खेलको दोश्रो हापको २३ औं मिनेटमा पञ्चकन्या युवा क्लबका जर्सी नम्बर ४० का शंकर श्रेष्ठले सान्त्वना १ गोल गरे । त्यसैगरी बिजेता टिमका जर्सि नम्बर ५७ का सादिर अलिले १ गरि टिमलाइ ३ – १ ले अग्रता दिलाए । खेलको अन्तिम समय २५ मिनेटमा जर्सि नम्बर ६० का अफ्ताव अलिले १ गोल गरि आफ्नो टिमलाइ ४ – १ गोलको अन्तरले बिजयि गराउन सफल भए । म्यान अफ दि म्याच बिजयि टिमका अफताव अलि भए ।
त्यसैगरी दोश्रो चरणको खेल एफ सि रिभर साइड र धर्मेश्वर युवा क्लब बिच भएको थियो ।
खेल शुरु भएको ५ मिनेटमा एफ सि रिभर साइडका जर्सि नम्बर १२ का मनोज खडकाले १ गरि टिमलाइ अग्रता दिलाए ।
२० औं मिनेटमा धर्मेश्वर युवा क्लबका जर्सि नम्बर २६ का रुपेश सदाले १ गोल गरि खेललाई बराबरी बनाए ।
धेरै प्रतिस्पर्धामा भएको खेलमा दोस्रो हाफको १५ औं मिनेटमा एफ सि रिभर साइडका जर्सि नम्बर ७ का रोशन बिकले १ गोल गरि आफ्नो टिमलाई २ – १ गोलले बिजयि गराए ।
म्यान अफ दि म्याच बिजयि टिमका राहुल बिक भएका थिए ।
फाइनल खेल भोलि आइतबार कञ्चनरूप रोयल युवा क्लब र एफ सि रिभर साइड बिच हुने १२ नम्बर वडाका वडा सदस्य जैनुद्दिन मियाँले बताए ।
आयोजक १२ नम्बर वडाका वडा अध्यक्ष देवीबहादुर खत्रीको अध्यक्षतामा तथा कञ्चनरुप नगरपालिकाका नगर उप प्रमुख मुनाकुमारी पोखरेलको प्रमुख आतिथ्यामा आयोजित उद्घाटन समारोहमा प्रमुख अतिथि पोखरेलले खेलको उद्घाटन गर्दै खेलाडीहरु देशको गहना भएकोले खेलाडीहरुलाइ प्रोत्साहन गरि १२ नम्बर वडाले फुटबल प्रतियोगिता गरेर खेलाडीहरुको मनोबल बढाउने काम गरेकोमा प्रशंसा गरिन ।
१२ नम्बर वडामा रहेको खेल मैदानमा मञ्च र स्टेडियम बनाउने प्रतिबद्धता जनाइन ।
उक्त अवसरमा कार्यपालिका सदस्य एवं १२ नम्बर वडाकि वडा सदस्य सीता पौडेल , नेपाल पत्रकार महासंघ सप्तरी शाखाका सदस्य उत्तम आचार्य लगायतका बक्ताहरुले खेलाडीहरुलाई प्रोत्साहन गर्न तथा मनोबल बढाउन १२ नम्बर वडाले अझै रचनात्मक क्रियाकलापहरु गरि नमुना वडा बनाउनु पर्नेमा जोड दिदै खेलाडीहरुलाई सफलताको शुभकामना दिए ।
उद्घाटन समारोहको संचालन वडा सदस्य जैनुद्दिन मियाँले गरेका थिए भने स्वागत मन्तव्य वडा सदस्य दिपक भट्टराईले गरेका थिए ।



