कञ्चनरूप, ७ फागुन । सप्तरी प्रहरीले १६ लाख बराबरको विभिन्न किसिमका खाद्यसामग्रीहरू र विड्ङ्गर सहित १ जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्लाको खडक नगरपालिका-८ भदिया सडकखण्डस्थित भारतको लौकहीबाट सप्तरीको बिसनपुर आउँदै गरेको विङ्गरबाट सोमबार राति प्रहरीले खाद्य सामग्री बरामद गरेको हो ।
इलाका प्रहरी कार्यालय कल्याणपुर सप्तरीबाट खटिएको प्रहरी टोलीले गस्ती तथा चेक जाँच गर्ने क्रममा ना१ज ८०८७ नम्बरको विङ्गर गाडी चेकजाँच गर्दा भारतबाट अवैध रुपमा भन्सार छलि चोरी पैठारी गरी ल्याएको १६ लाख ४३ हजार ७ सय १३ रुपैयाँ बराबरको सामग्री सहित खडक नगरपालिका वडा नं.०८ बस्ने अं. वर्ष ४३ को भगवत चौधरीलाई नियन्त्रणमा लिएको सप्तरी प्रहरीका प्रमुख प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो ।
बरामद माउन्टेन डिउ, जिरा लगायतका खाद्यसामग्रीहरु र विड्गर गाडी चालक सहित प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बुझाईएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक मनिष श्रेष्ठले जानकारी दिनुभयो ।

