कोशी प्रदेश समाचार

फुङलिङमा केबलकार विवादले झडप बढ्न थालेपछि अनिश्चितकालीन निषेधाज्ञा 

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केबलकार बनाउन नहुने मागसहित आन्दोलनरत ‘नो केबलकार’ समूहको आन्दोलन उग्र बन्न थालेपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । 

जिल्ला सुरक्षा समितिको शनिबार रातिको बैठकले फुङलिङको बजार क्षेत्र र काफ्लेपाटीको बल्लुडाँडा क्षेत्रमा निषेधाज्ञा जारी गरेको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो  । 

ताप्लेजुङको फुङलिङमा आन्दोलनकारी र प्रहरीबीच शनिवार साँझ झडप भएको थियो । पाथीभरा क्षेत्रमा केबलकार बनाउने विषयमा नो केबलकार समूह र प्रहरीबीच झडप भएको हो।

 झडपमा प्रदर्शनकारीले राँको सर्वसाधारणको घर र प्रहरीमाथि फ्याँकेका थिए। झडपमा ७ जना घाइते भएका छन् । ५ जना प्रहरी र २ जना प्रदर्शनकारी घाइते भएका हुन ।

   

You cannot copy content of this page