कञ्चनरूप, १२ फागुन । रुपनगर नन्दराज संग्रौला क्याम्पसले नन्दराज कप फुटबल प्रतियोगिता २०८१ को सेमिफाइनलमा स्थान पक्का गरेको छ ।
सुन्दरी खेलमैदानमा सोमबार सम्पन्न क्वाटर फाइनल खेलमा बलुवा फुटबल क्लबलाई ३-० गोलले पराजित गर्दै रुपनगर क्याम्प सेमिफाइनलमा प्रवेश गरेको हो ।
रुपनगर क्याम्पको जितमा मनिष लामिछाने र विवेक बस्नेतले गोल गरे । मनिषले खेलको ५ औं मिनेटमा गोल गर्दै रुपनगर क्याम्पलाई अग्रता दिलाएका थिए ।
पहिलो हाफमा १-० गोलले अग्रता लिएको रुपनगर क्याम्पसले दोस्रो हाफको १५ औं मिनेटमा जर्सि नम्बर ११ का मनिष लामिछानेले पुन १ गोल गरि आफ्नो टिमलाई २-० गोलले अग्रता दिलाउन सफल भए ।
त्यसैगरी रुपनगर क्याम्पसकै जर्सि नम्बर २ का विवेक बस्नेतले १ गोल गरि आफ्नो टिमलाई ३-० गोलको अन्तरले बिजयि बनाउन सफल भए । बलुवा फुटबल क्लबले निर्धारित समयमा कुनै पनि गोल गर्न सकेन ।
म्यान अफ दि म्याच बिजयि टिमका जर्सि नम्बर २ का बिबेक बस्नेत भए ।
यस अघि जगतपुर फुटबल क्लब र महुली फुटबल क्लब सेमिफाइनलमा गइसकेको क्याम्पस प्रमुख प्राध्यापक दिपक कुमार गजुरेलले जानकारी दिनुभयो ।
भोलि मंगलबार अर्को क्वाटर फाइनल खेल हुने र सेमिफाइनल खेल सम्पन्न भएपछि १७ गते फाइनल खेल हुने आयोजकले जानकारी गराए ।
फागुन १७ गतेसम्म चल्ने प्रतियोगितामा १६ टिम सहभागी थिए । प्रतियोगिताको विजेताले २५ हजार नगद र उपविजेताले ११ हजार नगद पुरस्कार जित्नेछन्।



