कञ्चनरूप ,१६ फागुन । नेपाल मगर संघ जिल्ला समन्वय समिति सप्तरीको अध्यक्षमा लिल बहादुर आले मगर चयन हुनुभएको छ ।
सप्तरीको कञ्चनरुप नगरपालिका १२ रुपनगरमा बिहिवार साँझ सम्पन्न दशौं जिल्ला अधिवेशनले आलेको नेतृत्व १५ सदस्यीय जिल्ला समिति गठन गरेको हो ।
गठित समितिको उपाध्यक्षमा रमेश आले मगर,पूर्ण बहादुर कालुङ्गे मगर, सचिवमा शंकर कुमार मगर, सह सचिवमा चन्द्रकला रसाइली मगर, शेर बहादुर मिरिङचिङ्ग मगर चयन हुनुभएको छ । कोषाध्यक्षमा भने रवि माया थापा मगर चयन हुनुभएको छ ।
यसैगरी समितिको सदस्यहरुमा निहा आले मगर,सुकृती थपा मगर, तिर्थ बहादुर मगर, भेष बहादुर शुशलिङ्ग मगर, उर्मिला मगर, तेज बहादुर थापा मगर, कोपिला मगर रहेका छन् ।
अधिवेशन नेपाल मगर संघ सप्तरीकी अध्यक्ष साधाना रानाको अध्यक्षता तथा नेपाल मगर संघका केन्द्रीय कार्यबाहक अध्यक्ष गंगा थापा मगरको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।





