समाचार समाज

सप्तरीको फत्तेपुर गाउँमा बाघ पस्यो, आक्रमणबाट ३ जना घाईते  

कञ्चनरूप, १९ फागुन । सप्तरीमा बाघको आक्रमणबाट ३ जना घाईते भएका छन् । सप्तरीको सप्तकोशी नगरपालिका–१ फत्तेपुर (खोरियाटोल)मा सोमबार बिहान बाघको आक्रमणबाट ३ जना घाईते भएका हुन् ।

बाघको आक्रमणबाट स्थानीय अन्दाजी ६० वर्षीय गणेश खत्री, ५० वर्षीय कृष्ण विष्ट र रिजना गोसाइ घाईते हुनुभएको हो ।

विहान एक्कासि बाघले आक्रमण गरि घाइते हुनुभएका सप्तकोसी १ का कृष्ण बिष्ट र रिजना गोसाइको थप उपचारको लागि बिराटनगर लगिएको र गणेश खत्रीको फत्तेपुर मोडल हस्पिटलमा उपचार भै रहेको फत्तेपुर प्रहरी चौकीका प्रमुख पन्नलाल चौधरीले जानकारी दिनुभयो ।

बाघ स्थानीय फर्निचर उद्योगमा पसेको स्थानीयले बताएका छन् । फत्तेपुर प्रहरी चौकीको टोली बाघ खेदन खटिएको छ। 

गाउँ पसेका बाघ नियन्त्रणका लागि कोशी टप्पु वन्य जन्तु आरक्षमा समन्वय भईरहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

   

You cannot copy content of this page