कञ्चनरूप, २६ फागुन । सप्तरीको कञ्चनरूप नगरपालिका १२, रुपनगरमा रहेको सुनाखरी इङ्गलिस बोर्डिङ्ग स्कूल दौलतपुरले सोमबार एक कार्यक्रमका बिच कक्षा १० का विद्यार्थीहरुलाई बिदाई गरेको छ ।
विद्यालयमा अध्ययनरत कक्षा ९ तथा विद्यालय परिवारको आयोजनामा यहि आउँदो चैत्र ७ गतेदेखि हुन गइरहेकाे एसईई परीक्षामा सम्मिलित हुने विद्यार्थीहरुलाई विदाइ गरिएको हो ।
विद्यालयका प्रधानाध्यापक पुष्प बहादुर कार्कीको अध्यक्षता तथा विद्यालयका संस्थापक प्रमोद कटुवालको प्रमुख आतिथ्यतामा एक समारोहका विच उनीहरुलाई विदाइ गरिएको विद्यालयले जनाएको छ ।
कार्यक्रममा कक्षा १० का विद्यार्थीहरुलाई टीका, माला ,खादा र मायाको चिनो दिएर विदाई गरिएको विद्यालयका सहायक प्रधानाध्यापक विनोद कुमार महतोले जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि कटुवालले विदाई हुन लागेका विद्यार्थी भाइ बहिनीको उज्ज्वल भविष्यको कामना गर्नुका साथै आफूले आर्जन गरेको ज्ञान र सिपलाई दैनिक जीवन र व्यवहारमा लागु गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले विद्यार्थीले शिक्षासँगै समाजका हरेक क्षेत्रमा अब्बल हुने गरी काम गर्न शुभकामना व्यक्त गर्नुभयो ।
“हाम्रा विद्यार्थी सफल बनुन् भन्ने हाम्रो चाहना हो । यहाँ सिकेको शिक्षा जीवनभर उपयोगी बनोस्” उहाँले थप्नुभयो ।
प्रधानाध्यापक कार्कीले विद्यालयमा अध्ययनरत कक्षा १० का विद्यार्थीलाई उच्च भविष्यको कामना गर्दै आउने एसईई परीक्षाको अग्रिम शुभकामना समेत दिनुभएको छ । पढाईलाई मध्यनजर राखेर हाम्रो विद्यालयले उत्पादन गरेका विद्यार्थी भोली डाक्टर, पाइलट र शिक्षक लगायत विभिन्न सरकारी निकायमा देख्न पाइयोस भन्दै शुभकामना दिनुभएको छ ।
पढाईको सिलसिलामा विद्यालयलाई छोडेता पनि प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा हाम्रो भेटघाट माया ममता रहिरहने उहाँले बताउँनु भएको थियो ।
कक्षा १० का विद्यार्थीहरुले आफूहरुलाई विदाई गरेकोमा धन्यवाद ज्ञापन गर्दै आफूहरु जहा र जुन अवस्थामा भएतापनि यस विद्यालय प्रति सदैव माया रहीरहने बताए । दश बर्ष सम्म अध्ययन गरेको विद्यालयलाई आज छोड्दा खेरी मन नै भारी भएको उनीहरुले बताएका थिए । आफुहरुलाई शिक्षाको मार्ग देखाउने प्राण भन्दा प्यारा शिक्षक शिक्षिकालाई सधै माया गरीरहने बताए ।
हामी बिद्यालयबाट बिदाई मात्रै भएका हौँ तर विद्यालयको माया,शिक्षक शिक्षिकाको माया र अन्य विद्यार्थी साथीहरुको माया मनमुटुमा सधै रहिरहने उनीहरुले बताएका थिए ।
कार्यक्रममा शिक्षक सियाराम मण्डल, विनोद कुमार महतो, उत्सव आचार्य, शुभाष मण्डल, अनिल महतो, दीपा श्रेष्ठ, विनिता पोखरेल लगायतले विदाई हुन लागेका विद्यार्थी भाइबहिनीको सुन्दर भविष्यको कामनासहित मन्तव्य व्यक्त गर्नुभयो ।
कक्षा ९ कि छात्रा कलिना योगीले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन शिक्षक रमेश प्रसाद तिमल्सेनाले गर्नुभएको थियो ।
कार्यक्रममा विद्यालयका शिक्षक शिक्षिकाहरू लगायत विद्यार्थीहरूको सहभागिता रहेको थियो । विद्यालयले विद्यार्थीको मनोबल बढाउनको लागि प्रत्येक वर्ष बिदाई कार्यक्रम गर्दे आएको छ ।































