मधेस प्रदेश समाचार समाज

सप्तरीमा अनियन्त्रित भई विङ्गर दुर्घटना हुँदा चालकको मृत्यु  

सप्तरी, २७ फागुन । सप्तरीमा विङ्गर दुर्घटना हुँदा एक जनाको मृत्युु भएको छ । मृत्युु हुनेमा चालक रूपनी गाउँपालिका वडा नं १ नकटी रायपुरका ३५ वर्षीय रघु यादव रहेको सप्तरी प्रहरीले जनाएको छ ।

सोमबार राति राजविराजतर्फ आउँदै गरेको को १ ज २८६४ नम्बरको विगंर अनियन्त्रित भई दुर्घटना भएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते हुनुभएको यादवको गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारका क्रममा मृत्युु भएको प्रहरीले जनाएको छ ।

   

You cannot copy content of this page