कञ्चनरूप, २८ फागुन । मधेश प्रदेश सरकारका गृह,सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले सप्तरी जिल्लाको रुपनीमा अवस्थित मधेश प्रदेश प्रहरी अस्पताल (ठाको देबि जोगेन्द्र भगत) रुपनीको निरिक्षण गर्नु भएको छ ।
सप्तरीकै कञ्चनरुप नगरपालिका २ स्थित बरमझियामा रहेको सशस्त्र प्रहरी बल दन्तकालि विशेष कार्य तालिम केन्द्रमा अधिकृत ब्यारेक तथा मेष भवनको शिलान्यास गरे पश्चात् गृह मन्त्री सहितको टोलिले प्रदेश प्रहरी अस्पतालको निरिक्षण गरेको हो ।
निरिक्षणको क्रममा गृह मन्त्री लेखीले प्रहरी अस्पताललाई अत्याधुनिक सुविधा सम्पन्न बनाई जनतालाई सहज र प्रभावकारी स्वास्थ सेवा प्रदान गर्ने गरि विकाश गर्न आफू प्रतिवद्द रहेको बताउनु भएको छ ।





